आगामी चुनावमा पनि उम्मेदबारी दिने बताएका राष्ट्रपति जो बाइडेनले आफ्नै पार्टी भित्रबाट डरलाग्दो स्तरको शंकाको सामना गरिरहेका छन् । ६४ प्रतिशत डेमोक्र्याट्स मतदाताहरूले सन् २०२४ को राष्ट्रपतिको चुनावी अभियानमा नयाँ मानक वाहकलाई प्राथमिकता दिने बताएका छन् ।
न्यूयोर्क टाइम्स र सिएना कलेजको सर्वेक्षण अनुसार डेमोक्रयाट्स मतदाताहरुले आगामी चुनावमा बाइडेनको विकल्प खोजेको देखिएको छ । बाइडेनको वर्तमान कार्यकालको पनि स्वीकृति दर ३३ प्रतिशतमात्र रहेको छ अर्थात् ३३ प्रतिशतलेमात्र बाइडेनको वर्तमान कार्यकालप्रति सन्तोष व्यक्त गरेका छन् ।
अर्थतन्त्र र मुद्रास्फीतिको बारेमा व्यापक चिन्ताले बाइडेनप्रतिको राष्ट्रिय मूडलाई नकारात्मक बनाउन मद्दत गरेको छ। तीन चौथाई भन्दा बढी रजिष्टर्ड मतदाताहरूले अमेरिका गलत दिशामा अघि बढिरहेको बताएका छन् । देशको हरेक कुना, हरेक उमेर समुह र जातीय समूह, सहर, उपनगर र ग्रामीण क्षेत्रहरू, साथै दुवै राजनीतिक पार्टीहरुमा निराशा फैलिएको छ।
केवल १३ प्रतिशत अमेरिकी मतदाताहरूले मात्र राष्ट्र सही मार्गमा भएको बताएका छन् । एक दशक भन्दा आर्थिक आर्थिक संकटको अवस्थापछि न्युयोर्क टाइम्सको सर्वेक्षणमा मतदाताहरुले यति धेरै निराशा व्यक्त गरेका हुन् ।
बाइडेनको अस्वीकृति दर रिपब्लिकनहरुमा अनुमानित रूपमा नै बढी छ । तर तर दुई तिहाई भन्दा बढी स्वतन्त्रहरूले पनि अब राष्ट्रपति बाइडेनको कार्यसम्पादनलाई अस्वीकार गरेका छन् । झन्डै आधाले कडा रूपमा अस्वीकार गरेका छन् ।
बाइडेनले बारम्बार आफू सन् २०२४ मा पुन चुनावमा उम्मेदवार हुन चाहेको बताउँदै आएका छन् । ७९ वर्षको उमेरमा पहिले नै उनी अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । उनको विकल्प चाहने डेमोक्रेटिक मतदाताहरूको लागि उनको उमेरको विषय नै मुख्य चिन्ताको विषय रहेको छ ।