अमेरिकामा थप दुई नेपालीको मृत्यू

अमेरिका, अमेरिकाको न्यूयोर्कमा आज  दुई नेपालीको मृत्यू भएको छ ।  मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र सन्नीसाइडमा बस्ने थोक्मे बिष्टको मृत्यु भएको स्थानीय मिङमार लामाले जानकारी बताए ।
सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गर्दै बसेको बताईन्छ । फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका बताइएको छ । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ । झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको छ । त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । थप विवरण आउन बाँकी रहेको छ । अमेरिकाका लागि राजदुत डा अर्जून कार्कीले घटनाको पुष्टि गरे पनि पुर्ण विवरण आफुलाई आउन बाँकी रहेको बताए ।

आजमात्रै अमेरिकमा ३३ नयाा संक्रमित देखिएको छ भने मृतकको सख्या ८ हजार पाँच सयाको हाराहारीमा पुगेको छ । अमेरिकामा जम्मा संmत्रमितको सख्या तीन लाख १० हजार पुगेको छ ।

यसअघि पनि न्यूयोर्कमै अर्का एक जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *