पत्रकार महासंघ चुनाव : कहाँ कसले जित्यो ? देशभर प्रेश यूनियनको पक्षमा परिणाम

 

काठमाडौँ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको चुनावको मतपरिणाम आउन थालेको छ । बिहीबार बिहानसम्म प्रदेश एसोसिएटबाट विकास कार्की र कृति भट्टराई केन्द्रीय कार्यसमितिमा विजयी भएका छन् । अध्यक्षमा बैकुण्ठ पराजुली बुधबार नै विजयी भएका थिए ।

यस्तै झापामा लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्दै प्रेस युनियन एकराज गिरी नेतृत्वको प्यानल विजयी भएको छ । दार्चुलामा भने कृष्ण धामी अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै ललितपुर अध्यक्षका प्रेस संगठनका सागर न्यौपानेको लोकतान्त्रिक प्यानल विजयी भएका छन् । बझाङको अध्यक्षमा शैलेन्द्र रोकायाको प्यानल विजयी भएको छ ।

पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन् । दोलखामा नेपाल प्रेस युनियनका दीपशंकर चौलागाँई अध्यक्षमा निर्वाचित भएका छन् ।

नयाँ पत्रिका प्रतिष्ठान शाखामा भवानीश्वर गौतम नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्ष (महिला) मञ्जु टेलर, सचिव शंकर लामिछाने, सहसचिव (खुला) तीर्थ अधिकारी, सहसचिव (समावेशी) नवीनकाजी राई, कोषाध्यक्ष अर्जुन अधिकारी चयन भएका छन् ।

यसैगरी, सदस्यमा नवराज शर्मा, नारायणप्रसाद ओली, भोजराज भण्डारी र सन्तोषकुमार राई, संघीय परिषद् सदस्यहरूमा नवराज मैनाली र भरतराज पोखरेल तथा प्रदेश परिषद् सदस्यहरूमा सुदीपकुमार ढुंगाना, नुनुता राई र विनोद पाण्डे चयन भएका छन् ।

डोटीमा नेपाल प्रेस युनियनका मोहन शाहीको प्यानल नै विजयी भएको छ । यस्तै बर्दियामा यादव आचार्यको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ । बुधबार राती मतगणना भएका धेरै ठाउँको मतपरिणाम आउने क्रम जारी छ ।

अहिलेसम्मको मतपरिणाम हेर्दा विपुल पोखरेल नेतृत्वको प्यानलले धेरै ठाउँमा जित हात पारेको छ । महासंघको अध्यक्षमा पोखरेल र निर्मला शर्माको प्यानल प्रतिष्पर्धामा थियो । यस्तै अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका गजेन्द्र बुढाथोकीलाई पनि केहीले भोट हालेका छन् ।

नेपाल पत्रकार महासंघको मतदान सकिएको छ । बुधबार देशभर भएको मतदानमा ९० प्रतिशतभन्दा बढी मतदान भएको केन्द्रीय निर्वाचन समिति संयोजक कपिल काफ्लेले जानकारी दिए ।

उनले महासंघका तीनै तहमा निर्वाचन उत्साहजनक सम्पन्न भएको जानकारीसमेत दिएका छन् । देशभरका ९७ केद्रमा भएको निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

केही स्थानको मतगणना सुरु भएको काफ्लेको भनाइ छ ।  ‘आज २५ गते चैत्रमा पत्रकार महासंघका तीनै तहको निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भयो । देशभर ९७ केन्द्रमा चलेको निर्वाचनमा अधिकांश निर्वाचन समितिले निर्वाचन सम्पन्न भएको जानकारी दिनुभएको छ भने केहीले मतगणना पनि सुरु गरेको बताउनुभएको छ’, काफ्लेले भने, ‘९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *